सोमबार, ७ जेठ २०८१

तिव्र गतिमा गुडेको ट्रेनमा चढेको सपना देख्दा महिलाले निन्द्रामै निलिन् हिराको औंठी

समयपोष्ट २०७६ पुष १७ गते १५:२८

Advertisement

अमेरिकाको क्यालिफोर्नियामा अनौठो घटना घटेको छ ।

क्यालिफोर्नियाकी जेंना इभान्स नाम गरेकी महिलाले मंगलबारको राति निन्द्रामा २४ क्यारेटको हिराको औंठीनै निलेकी छिन् । उक्त औठी उनले सपना भनेर निलेको बताएकी छिन् । सपनामा औठी निलेको ठानेकी उनी अस्पतालको बेडमा आफूलाई पाउँदा आश्चर्यचकित भएकी थिइन् । सपनामा उनले आफु तिब्र गतिको रेलमा गएको र औठी निलेको बताएकी छिन् ।

उनले पानीसँग औंठी निलेको भन्दै आफ्नो पोस्ट मार्फत सार्वजनिक गरेकी छिन् । उक्त पोस्ट निकै चर्चार्मा आएको छ । उनले धेरै किसिमको आश्चर्यचकित घटनाहरु सपनामा देखिरहने गर्छिन् । निन्द्रामा हिड्ने उनको बानी रहेको समेत आफैले बताएकी छिन् ।

सपना देखेर विपनामा आइपुग्दा अस्पतालको बेडमा पाइन् र औंठी पनि हातमा नरहेको पाएकी थिइन् । इभान्सको एक्स–रेमा हराएको औठी पत्ता लागेको थियो । उनले भने अनुसार औठीलाई आफ्नो पेटमा हेर्दा निकै खुसि भएकी छिन् । पुनःउनको श्रीमान्ले उक्त औठी उनलाई दिएका थिए। एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री