शुक्रबार, १४ वैशाख २०८१

नाडाको इतिहासमै पहिलो, अध्यक्ष दुलालको टोलीले गर्यो राजश्व अनुसन्धान विभागसंग औपचारिक छलफल

समयपोष्ट २०७६ पुष १७ गते १५:१८

Advertisement

नाडाका नवनिर्वाचित प्रतिनिधि मण्डल र राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीबीच छलफल भएको छ ।

बुधबार नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको ६ सदसिय सदस्यि टोलीले विभागका महानिर्देशक मैनालीसंग भेटी सरकारले ल्याएको (भिसिटिएस) भेहेकल कन्साईनमेण्ट ट्रयाकिंग सिष्टमको बारेमा छलफल गरेको हो ।

टोलीले भिसिटिएसको कार्यान्वयनका क्रममा देखा परेका विविध समस्याहरुबारे विस्तृत रुपमा मैनालीसंग छलफल गरेको नाडाले जनाएको छ ।

टोलीले अटोमोवाइल व्यवसायीहरुमा भिसिटिएस बारे अन्यौलता रहेको र यसबारे आवश्यक जानकारी नभएका कारण व्यवसायीहरुले जरिवाना तिर्नु परिरहेको बारे महानिर्देशकलाई ध्यानाकर्षण गराएका थिए ।

छलफलका क्रममा महानिर्देशक मैनालीले भिसिटिएस व्यवसायीहरु कै हितमा ल्याइएको भन्दै यसबारे आवश्यक सहयोग गर्न विभाग तयार रहेको बताए ।

उनले यो छुट्टै कर प्रणाली नभएको, व्यवसायमा पारदर्शिता भए पछि त्यसमा स्वतः जवाफदेहिताको विकास हुन्छ भन्दै व्यवसायीहरु कै सहजताको लागि असोज मसान्तसम्म जरिवाना नलाग्ने व्यवस्था गरिएको जनाए ।

छलफलका क्रममा नाडाका अध्यक्ष दुलालले भिसिटिएस बारे अटोमोवाइल व्यवसायीहरुलाई आवश्यक जानकारी दिन नाडाले एक महिना भित्रै प्रशिक्षण कार्यक्रमको आयोजना गर्नेे र कार्यक्रमलाई प्रभावकारी बनाउन विभागबाट तत्सम्बन्धी विज्ञको अपेक्षा गरेको बताए ।

छलफलको अन्तमा महानिर्देशक मैनालीले विभागले राखेको कम्प्युटराइज्ड सिष्टममबारे पनि नाडा प्रतिनिधिमण्डललाई जानकारी दिए ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल समेतको उपस्थिति रहेको थियो ।

नाडाको इतिहासमा राजश्व अनुसन्धान विभागसंग यसरी औपचारिक रुपमा छलफल गरिएको पहिलो भएको नाडाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री