तिब्बत एअरलाइन्सले शुरु गर्यो चेङदु-काठमाडौं सिधा उडान
तिब्बत एअरलाइन्स एअरलाइन्सले चेङदु – काठमाडौं सिधा उडान शुरु गरेको छ । कम्पनीले साताको चार दिन उडान गर्ने गरि मंगलबारबाट उडान शुरु गरेको हो ।
कम्पनीका अनुसार सोमबार,मंगलबार,विहिबार र शनिबार उडान गर्नेछ । एअरलाईन्सले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै ८ वटा विजनेश क्लास र १२० वटा इकोनोमी क्लास, जम्मा १२८ सिट भएको एअरबस ए ३१९ विमानबाट सेवा प्रदान गर्नेछ ।
कम्पनीले नेपालमा टिकट बिक्रीका लागि हिमालय एयरलाइन्सलार्इ आधिकारिक बिक्रेता नियुक्त गरेको छ।
चेङदु सुनाग्लीउ अन्तराष्ट्रिय विमानस्थलबाट स्थानिय समय अनुसार मंगलबार साँझ १८:१६ मा प्रस्थान गरी काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझ १९:१५ मा अवतरण भएको थियो ।
नगार एअरपोर्ट, तिब्बत, चिनमा अबस्थित तिब्वत एअरलाईन्सले आफनो उडान २६ जुलाई २०११ मा शुरु गरेको हो र यो एअरलाईन्स कम्पनीले हाल चीन भित्र आन्तरिक उडानहरु गर्दै आईरहेको छ ।
प्रतिक्रिया