मंगलबार, १८ वैशाख २०८१

अर्थतन्त्रलाई टेवा दिने पाठ्यक्रमको विकास गर्नुपर्छ

समयपोष्ट २०७६ असार ३१ गते १०:३४

Advertisement

डा. राजेन्द्र केसी
क्याम्पस चिफ
साउथ वेस्टर्न स्टेट कलेज

पहिले एसएलसीलाई आइरन गेट भनेर ह्विम फेलाउने गरिन्थ्यो । अहिले एसईईमा ए प्लस, ए आयो, यति जीपीए आयो भन्ने विद्यार्थी, अभिभावकमा एक खालको घमन्डको वातावरण सिर्जना गरिदिएको छ । यो ठीक होइन । विद्यार्थीले १ पछि २, ९ पछि १० र एमफिलपछि पीएचडी पास गर्छ । शिक्षाको यो निरन्तर प्रक्रिया हो । यसरी शिक्षालाई निरन्तर रूपमा लगियो भने एसईई केही पनि होइन किनभने यो निरन्तर जाने कुरा हो । एसएलसी हुँदा र अहिलेको कुरा उही नै हो । तिमीहरू पास भयौ अब जे पढ्ने इच्छा छ पढ भन्ने हो तर हाम्रो शिक्षा क्षेत्रमा विकल्प छैन । विज्ञान, व्यवस्थापन र मानविकी मात्र छ । सङ्कायहरू धेरै भइदिएको भए विद्यार्थीहरूले छान्ने मौका पाउँथे । संसारमा कति धेरै पाठ्यक्रमहरूको विकास भइसकेको छ तर हाम्रो देशमा दुई÷तीनवटा विषय छानेर पढ्नुबाहेकको विकल्प छैन ।

इच्छाअनुसारको विषय

अभिभावकको आफ्ना छोराछोरी यस्तो बनिदिए हुन्थ्यो भन्ने एउटा सपना हुन्छ । अथवा उसको इच्छासँग बोकेको सपना हुन्छ तर सपना पढ्ने व्यक्ति आफैँको हुनुपर्छ । अभिभावकको गाइड लाइनलाई केही फलो गर्नु ठीकै हो तर पूरै सन्तानमा आफ्नो इच्छा लाद्नु ठीक होइन । अभिभावकसँग एक खालको लामो अनुभव हुन्छ तर सन्तानले इच्छाएको विषय पढाउँदा राम्रो हुन्छ । त्यसकारण जे पढे पनि विद्यार्थीको इच्छाअनुसार हुनुपर्छ ।

Advertisement

देश सुहाउँदो पाठ्यक्रमको आवश्यकता

नेपालको परिवेशमा विज्ञान, व्यवस्थापन र मानविकी यी तीनै लाभदायक छैनन् । नेपालमा त सबैभन्दा पहिले पाठ्यक्रम र शिक्षण विधि नै परिवर्तन गर्नुपर्छ । चालीस लाख युवा नेपाल बाहिर छन् । आजका युवाहरूको आवश्यकता र चाहना के हो ? देशको स्रोतसाधन के छ र आवश्यकता के हो ? त्यहीअनुसार नीतिगत तहबाट नै पाठ्यक्रम परिवर्तन गर्नुपर्छ ।

हाइड्रो, जडीबुटी, पर्यटन, कृषि, बागवानीलगायत जति पनि चिज नेपालमा आयात भइरहेका छन्, ती चिजहरूको पाठ्यक्रम यहाँ चाहिन्छ । यी सबै विषयको सरकारले अध्ययन गरेर कति निर्यात भइरहेका छन् । कति आयात गर्नुपर्ने हो, त्यसको विश्लेषण गरेर त्योसम्बन्धी पाठ्यक्रमको विकास गर्नुपर्छ । विद्यार्थीहरूलाई त्यहीअनुरूप शिक्षा दिनुपर्छ । त्यसपछि बल्ल शिक्षा आर्थिक क्षेत्रसँग जोडिन्छ । अहिलेको शिक्षा र पाठ्यक्रमले आर्थिक क्षेत्रमा जोड दिँदैन । व्यवस्थापनमै पनि जलविद्युत्, जडीबुटी, पत्रकारितासम्बन्धी पाठ्यक्रमको विकास नगरेसम्म त्यसले अर्थतन्त्रलाई टेवा पुयाउँदैन ।

यस्तो पाठ्यक्रम बनाउनुपर्छ भनेर हामीले सरकारलाई धेरैपटक भन्यौँ तर निजी क्षेत्रले जति दबाब दिए पनि सरकारले सुन्दै सुन्दैन । सरकार र पब्लिकबीच यहाँ मास्टर र सर्भेन्टको रोल छ । पब्लिक सर्भेन्ट नै हो । बुद्धि निजी क्षेत्रसँग छ तर उसले गर्भन गर्न सक्दैन । त्यसकारण सरकारले नीतिगत तहबाट नै यसलाई परिवर्तन गर्नुपर्छ । एउटा कानुन बनाएर सिस्टममा हालिदिनुपर्छ । त्यसो गर्न सके यो परिवर्तन हुन सक्छ नभए हुँदैन ।

यहाँका विद्यार्थी उद्यमशील बन्छन्

सर्टफिकेटका लागि मात्र यस कलेजले नेपाल सरकारको पाठ्यक्रम लागू गराएको छ । त्योबाहेक अतिरिक्त क्रियाकलाप भनेर छुट्टै पाठ्यक्रम बनाएका छौँ । आजका विद्यार्थीहरू खुला र आत्मनिर्भर भएर काम गर्न सक्ने हुनुपर्र्छ । शिक्षकसँग आत्मविश्वासका साथ बोल्न सक्नुपर्यो । लाइफ स्किलका कुराहरू, घर परिवार, साथीभाइसँग कस्तो व्यवहार गर्ने, समाजमा कसरी घुलमिल हुने भन्ने कुरा सिर्जनात्मक तरिकाबाट विद्यार्थीले यहाँ सिक्छन् ।

 

यहाँ पढेका विद्यार्थीलाई जागिरको समस्या हुँदैन, उनीहरूले सजिलै जागिर पाउँछन् । यहाँका विद्यार्थी आफैँ उद्यमशील बन्न सक्छन् । हामी आईएसओ सर्टिफाइड कलेज हौँ । हाम्रो सर्टिफिकेट संसारभर बिक्री हुन्छ ।

अर्को यहाँ पढेका विद्यार्थीलाई जागिरको समस्या हुँदैन, उनीहरूले सजिलै जागिर पाउँछन् । यहाँका विद्यार्थी आफैँ उद्यमशील बन्न सक्छन् । हामी आईएसओ सर्टिफाइड कलेज हौँ । हाम्रो सर्टिफिकेट संसारभर बिक्री हुन्छ । हाम्रा सङ्कायका सदस्यहरू शिक्षण पेसामा १०/१५ वर्षदेखि जोडिरहनुभएको छ । उहाँहरूलाई बेला–बेलामा आवश्यक वर्कशप, तालिमहरूको व्यवस्था गर्दै आएका छौं । जसले गर्दा उहाँहरूले इनोभेटिभ टाइपले एजुकेसन दिन सक्नुहुन्छ ।

हाम्रो विद्यार्थीहरूलाई देशका विकट जिल्लामा यात्रा गराइन्छ । जसले गर्दा आफ्नै देशको रहनसहन, सामाजिक, आर्थिक, भौगोलिक अवस्थाबारेमा उनीहरूले बुझ्ने मौका पाउँछन् । विदेशमा जस्तो युरोप र साउथ एसियन मुलुकमा पनि हामीहरूले कार्यक्रम गर्ने गरेका छौँ । जसले गर्दा हाम्रा विद्याथीले याक्पोजर पाउँछन् । नेपालका बैंक वित्तीय क्षेत्रमा पनि हामी विद्यार्थीहरूलाई भिजिट गराउँछौँ । त्यसकारण हाम्रो कलेजको सर्टिफिकेट बिकाउ छ । यहाँ अध्ययन गरिसकेपछि विद्यार्थीहरू पछि हट्नुपर्ने अवस्था आउँदैन । व्यावसायिक जीवनमा प्रवेश गर्दा उ तुरुन्तै म्याचअप हुन सक्छ ।

हाम्रो कलेज नयाँ भवनमा सरेको मात्र दुई वर्ष भएको छ । भवन सुरक्षित, राम्रो अडिटोरिय, सेमिनार, डिस्कसन हल छ । यहाँ योगा क्लास हुन्छ । नेपालकै सबैभन्दा उत्कृष्ट विज्ञान प्रयोगशाला यहीँ छ । यहाँ म्यानेजमेन्ट ल्याब, कम्प्युटर ल्याब छ । हामी ब्रान्ड ओरियन्टेड छौँ र यसमा कन्सस् पनि छौँ । यस हिसाबले विद्यार्थी अभिभावकले पनि अतिरिक्त क्रियाकलापसँगै गुणात्मक शिक्षालाई ध्यान दिएर यस कलेज रोज्ने गरेका छन् । लगभग एक सयभन्दा बढी मुलुकमा हाम्रा विद्यार्थी पुगेका छन् । उनीहरूले पनि आफ्नोे साथीभाइ, दिदीबहिनीका लागि हाम्रो कलेज रिकमेन्ड गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री