मंगलबार, १८ वैशाख २०८१

घोडीघोडा लघुवित्तको आईपिओ बाँडफाँट

समयपोष्ट २०७६ असार २७ गते ११:४८

Advertisement

घोडीघोडा लघुवित्तको आईपिओ बाँडफाँट भएको छ । कम्पनीले शुक्रबार बिहान आएपिओ आईपिओ गरेको हो ।

आईपिओमा कुल २ लाख ८६ हजार ५५ ले आवेदन दिएकोमा ४९० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी रहेका २ लाख ८५ हजार ५ सय ६५ योग्य आवेदक मध्ये गोलाप्रथाबाट १२ हजार ४ सय ५९ जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा २ लाख ७३ हजार ५ सय ९६ आवेदक हात खाली भएका छन् ।

घोडीघोडा लघुवित्तले असार २० गते देखि आईपिओ निष्काशन गरेको हो । कम्पनीले १ करोड ३२ लाख ६० हजार बराबरको १ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १३८० कित्ता शेयर कर्मचारीलाई र ६६ सय ३० सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकि रहेको १ लाख २४ हजार ५ सय ९० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री