आइतबार, २३ वैशाख २०८१

बालबालिकाहरु विद्यालयभन्दा बाहिर नभएको दाबी

समयपोष्ट २०७६ असार २६ गते १८:४०

Advertisement

कपिलबस्तुका दुइवटा गाउँपालिकामा बालबालिकाहरु विद्यालयभन्दा बाहिर नभएको कुरा दाबी गरिएको छ । तिन बर्षअघि समानता र पहुँचका लागि साझेदारी कार्यक्रम (पिक परियोजना) संचालन भएपश्चात सुद्धोदन गाउँपालिका तथा मायादेवी गाउपालिकामा रहेका झण्डै एक हजार पाँच सय विद्यालय बाहिरका बालबालिका नियमित विद्यालय जान थालेको दाबी गरिएको हो । परियोजना सञ्चालन भएपछि बालबालिकाहरु विद्यालयभन्दा बाहिर नभएको कुरा सिद्धार्थ सामाजिक विकास केन्द्रका पिक परियोजनाका टिम लिडर अजयसिँह चौधरीले दावी गरेका हुन् ।

यसैगरी ज्ञान पीक परियोजनाका अर्का टिम लिडर नारायण पन्थीका अनुसार परियोजनाले विद्यालय जानुपर्ने उमेरका विद्यालय बाहिर रहेका बालबालिकाहरु सतप्रतिशत भर्नाको हिसाबले सत्प्रतिशत तथा नियमितताको हिसाबले ८० प्रतिशत रहेको जानकारी दिए । पन्थीका अनुसार तिन बर्षअघि दुई गाउँपालिकामा १ हजार पाँच सय ४३ बालबालिका विद्यालयभन्दा बाहिर थिए । आज ती सबै बालबालिकाहरु विद्यालय जान्छन् ।

वी वल्डको सहयोगबाट सञ्चालित यस परियोजनामा ग्लोवल एक्सन नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरिएको हो । ग्लोवल एक्सन नेपालले विद्यालयसँग प्रत्यक्ष सरोकार राखेर काम गरेको छ । जसमा बहिनीका लागि दिदी शिक्षा कार्यक्रम, ज्ञान बाटिका कार्यक्रम रहेका छन् ।

यसैगरी सिद्धार्थ सामाजिक विकास केन्द्रले स्थानीय सामुदायिक संस्थाहरुसँग हातेमालो गरी कार्य गरेका छन् । जसमा कृषि सहकारी संस्था, सामुदायिक सिकाई केन्द्र, महिला समूहहरु रहेका छन् । आफ्नो छोराछोरीलाई स्कूलमा पठाऔँ भन्ने अभियान चलाएर विद्यालयमा पठाउने, आफ्नो छोराछोरी मात्र नभएर छर छिमेकका बालबालिकाहरुलाई पनि विद्यालयमा पठाउनका लागि उत्प्रेरणा गर्ने, यो परियोजनबाट सरकारले ल्याएको भर्ना अभियानलाई साथ, सहयोग पुर्र्याएको देखिन्छ ।

Advertisement

परियोजनाले गरीव तथा विपन्न वर्गका छोराछोरीहरुलाई विद्यालयसम्म पुर्याउनका लागि ती अभिभावकहरुलाई आय वृद्धि कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । जसमा शद्धोधन र मायादेवी गाउपालिका गरी १ सय २० परिवारले यो सेवाबाट लाभान्वित भएका छन् । बर्षौदेखी मागेर हिड्ने गरेका नटुवा परिवारलाई संगीत प्रशिक्षण र सामग्री प्रदान गरिनुका साथै यसै क्षेत्रका ४ सामुदायिक विद्यालयले आय वृद्धि सेवा कार्यक्रमबाट लाभान्वित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री