छ्याङ्दी हाइड्रोपावरको सेयर कारोबार खुल्यो
समयपोष्ट
२०७४ साउन १९ गते १०:१०
छ्याङ्दी हाइड्रोपावरको साधारण शेयर बिहीबारदेखि दोस्रो बजारमा किनबेच गर्न सकिने भएको छ ।
गत बुधबार मात्र नेप्सेमा सुचिकृत कम्पनीको शेयर दोस्रो बजारमा किनबेच गर्न सकिने नेप्सेले जारी गरेको सुचनामा उल्लेख छ ।
नेप्सेले पहिलो कारोबारकालागि मूल्य सीमा समेत तोकिदिएको छ । नेप्सेसका अनुसार कम्पनीको शेयर कारोबार सि एच एल कोडमा हुनेछ ।
प्रति कित्ता ९८ रुपैयाँदेखि दुई सय ९४ रुपैयाँसम्ममा पहिलो कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।
कम्पनीको २७ लाख कित्ता साधारण शेयर नेप्सेमा सूचिकृत छन् ।
प्रतिक्रिया