ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरको लागि सहमती पत्रमा हस्ताक्षर
समयपोष्ट
२०७६ असार २० गते १६:२६
ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडले मर्जरको लागि सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।
आज आयोजित कार्यक्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशब बहादुर रायमाझीले मर्जरका लागि सहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।
मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ भने सञ्चालक समितिको अध्यक्षमा श्री चन्द्रप्रसाद ढकालले नै निरन्तरता पाउनेछन् ।
सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र दुई जना जनता बैंकबाट रहनेछन् ।
त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्री रहने र बरिष्ठ डेपुटी सिइओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमती भएको छ ।
प्रतिक्रिया