मंगलबार, १८ वैशाख २०८१

महालक्ष्मी लाईफ इन्स्योरेन्स ‘जीवन हेरचाह बीमा’ योजना सार्वजनिक

समयपोष्ट २०७६ जेठ २४ गते १३:४७

Advertisement

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ‘जीवन हेरचाह बीमा’ योजना सार्वजनिक गरेको छ ।

कम्पनी सञ्चालनमा आएदेखि ल्याएको उसको यो चौथो योजना हो । यसमा एउटै बीमा योजनामा टर्म इन्स्योरेन्स, एन्यूटी (पेन्सन) इन्स्योरेन्स र इण्डोमेन्ट इन्स्योरेन्सको समिश्रण छ।

केटाकेटी र सन्तानको भविश्यलाई लक्षित गरी ल्याइएको बीमा योजनामा प्रस्तावक (अभिभावक) को मृत्यू भएमा इच्छाईएको व्यक्तिलाई बिमाङ्क रकम एकमुष्ट भुक्तानी गरिने छ।

बिमांक रकम भुक्तानीपछि पनि बीमाले निरन्तरता पाउँदै अवधि समाप्ति नभएसम्म प्रत्येक तीन तीन महिनामा बिमाङ्क रकमको २.५ प्रतिशत बाँकी जीवन निर्वाह भत्ता (पेन्सन) को रुपमा पाईरहने, बाँकी अवधिको लागि बीमा शुल्क तिर्नु नपर्ने सुविधा यसमा छ।

साथै भुक्तानी अवधि समाप्तिपछि पुनः बिमाङ्क रकम र आर्जित वोनस एकमुष्ट भुक्तानी पाउने व्यवस्था गरिएको छ। प्रस्तावक दुर्घटनामा स्थायी अपाङ्ग वा असक्त भएमा बाँकी अवधिको बीमा शुल्क छुट हुने र १२ वर्षसम्म त्रैमासिक रुपमा बिमाङ्क रकमको २.५ प्रतिशत जीवन निर्वाह भत्ता उपलब्ध हुने व्यवस्था समेत गरिएको छ।

प्रस्तावक जिवितै रहेको अवस्थामा भुक्तानी अवधि समाप्तिपछि बिमाङ्क र आर्जित वोनस एकमुष्ट पाउने व्यवस्था रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री