आइतबार, ११ साउन २०८२

हिमालयन हाइड्रोको आईपिओ निष्काशनको बिक्री प्रबन्धकमा जनता क्यापिटल नियुक्त

समयपोष्ट २०७६ जेठ २१ गते १८:४१

हिमालयन हाइड्रो पावर लिमिटेडले आईपिओ निष्काशन गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । आ

ईपिओ निष्काशन सम्बन्धि सम्झौतामा हिमालयन हाइड्रो पावर लिमिटेडका तर्फबाट ऐ.का संचालक शिवकृष्ण श्रेष्ठ र बिक्री प्रवन्धक जनता क्यापिटल लिमिटेडका तर्फबाट ऐ. का कार्यकारी निर्देशक बिश्व सुवेदीले हस्ताक्षर गरे । कम्पनीले रु. १००( अंकित दरको २२ लाख ५० हजार कित्ताको २२ करोड पचास लाख रुपैंया बराबरको आईपिओ निष्काशन गर्न लागेको हो ।

जसमध्ये ९ लाख कित्ताको ९ करोड रुपैंया बराबरको शेयर परियोजना प्रभावित स्थानिय क्षेत्रहरुको लागि छुट्याइएको छ । कम्पनीले आउँदो दशैैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

जनता बैंक नेपाल लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित जनता क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट कारोवार अनुमति पाएसंगै जनता बैक नेपाल लिमिटेड र स्पर्श माईक्रोफाईनान्स लिमिटेडको शेयर रजिष्ट्रेशन सम्बन्धी (RTS) कारोवार शुरु गरिसकेको छ । जनता क्यापिटल लिमिटेडले छिट्टै नै लगानी ब्यवस्थापन सेवा ९एयचतायष्यि ः(Portfolio Management Service) सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री