मुख्य सचिवमा क्षेत्री नियुक्त
समयपोष्ट
२०७४ असार २९ गते ५:५९
सरकारले राजेन्द्र किशोर क्षेत्रीलार्इ मुख्य सचिवमा नियुक्त गरेको छ । बिहीबारको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
कानुन सेवाबाट प्रशासनमा छिरेका क्षेत्री सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव थिए ।
एडिबीको उप-कार्यकारी निर्देशक बनेर मुख्य सचिव सोमलाल सुवेदी काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त बनेको थियो ।
प्रतिक्रिया