मंगलबार, १८ वैशाख २०८१

शिखर इन्स्योरेन्सलाई थप साधारण सेयर निश्कासन गर्न प्रतिबन्ध

समयपोष्ट २०७४ असार २१ गते ९:२५

शिखर इन्स्योरेन्सले एफपीओ जारी गर्न नपाउने भएको छ । धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता तथा निस्कासन निर्देशिका २०७४ अनुसार शिखरले दोहोर्याएर एफपीओ जारी गर्न नपाउने भएको हो ।

Advertisement

 निर्देशिमा संगठित संस्थाले धितोपत्रको थप सार्वजनिक निष्काशन गरेको मितिले ५ बर्ष पूरा नभएसम्म पुनः धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न नसक्ने ब्यवस्था गरिएको छ । 

शिखरले अघिल्लो बर्ष मंसिरमा एफपिओ  जारी गरिसकेको छ । एफपिओ जारी भएको मितिले कम्पनीले थप साधारण सेयर निश्कासन गर्न अझै साढे तीन बर्ष कुर्नुपर्ने हुन्छ । 

 तत्काल एफपीओ जारी गर्न नपाउने निर्णय गर्दे धितोपत्र बोर्डले कम्पनीको आवेदन सम्बन्धि विवरणलाई वेभसाइटबाट समेत हटाईसकेको छ ।  

कम्पनीले एफपीओ जारी गर्न गत फागुनमा धितोपत्र बोर्डमा आवेदन गरेको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री