भिटामिन सी फिल्टर भएको एयरकण्डिसन नेपाली बजारमा
समयपोष्ट
२०७४ असार १२ गते ५:११
शरीरको छालाका लागि उपयुक्त टेस्ला ब्राण्डको एयरकण्डिसन बजारमा बिक्री सुरु भएको छ । भिटामिन सी फिल्टर भएको एयरकण्डिसन भूलक्ष्मी ग्रुपले पहिलो पटक बिक्री सुरु गरेको हो । जापनिज कम्प्रेसर सहितको एयरकण्डिसनको मुल्य ४५ हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्मका रहेका छन् ।
दुई वर्षसम्मको वारेन्टी भएको सो एयरकण्डिसन टिकाउँ,भरपर्दो र कम विद्युत खपत गर्ने कम्पनीको दाबी छ । विशेषगरि बालबालिकाहरुको लागि सुहाउँदो वातावरण बनाईदिने यस एयरकण्डिसनमा दुई वर्षसम्मको वारेन्टी दिएको कम्पनीले जनाएको छ ।
टेस्लाको आधिकारिक डिलरहरु काठमाडौं, चितवन,धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, कावासोती, वीरगन्जलगायतका स्थानहरुमा रहेका छन् ।
प्रतिक्रिया