आइफोन एटमा यस्ता छन् फिचर्स
समयपोष्ट
२०७४ असार ७ गते ८:२७
आइफोन एट आगामी सेप्टेम्बरमा लञ्च गर्ने एप्पलको योजना रहेको छ । एप्पल आफैले आधिकारिक रुपमा आइफोन एटका फिचर्सका बारेमा केही नबताए पनि विभिन्न श्रोतहरुलाई उधृत गर्दै आइफोन एटको बारेमा अनेक तथ्यहरु सार्वजनिक भएका छन् ।
आइफोन एटको लिक भएको तस्वीरबाट एप्पलले आइफोनको डिजाइनमा ठूलो परिवर्तन गरेको अनुमान गर्न सकिन्छ । लिक भएका समाचार अनुसार आइफोन एटको स्क्रिन ५.८ इन्चको हुनेछ ।
यसको स्क्रिन पनि स्क्रयाच प्रतिरोधी बेजल ग्लासले युक्त हुनेछ । यसको क्यामरामा डुअल क्यामरा तेर्सो नभै ठाडो लहरमा हुनेछ । अधिकांस मोबाइलमा फिंगरप्रिन्ट सेन्सर पछाडिपट्टि हुँने भएपनि आइफोन एटमा फिंगरप्रन्ट सेन्सर अगाडि हुँने सम्भावना रहेको छ । आइफोन ८ को फिचरमा बायोमेटि्रक सिस्टम पनि सामेल हुने जनाइएको छ ।
एजेन्सी
प्रतिक्रिया