भारतद्वारा प्युठानमा शैक्षिक संस्थाको निर्माण, शिक्षामन्त्रीले गरे उद्घाटन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री गिरीराजमणि पोखरेलले भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको प्युठान जिल्लाको रातामाटा स्थित श्री मुक्ति माध्यमिक विद्यालयको उद्घाटन गरेका छन् ।
मन्त्री पोखरेलले भारतीय राजदूतावास काठमाडौं शिक्षा प्रभागका दोश्रो सचिव निरज कुमार जयसवालको उपस्थितिमा उक्त बिद्यालय भवनको उदघाटन गरेका हुन ।
सन् १९५१ मा स्थापना भई हाल १०५४ जना विद्यार्थी अध्ययनरत यस मुक्ति माध्यमिक विद्यालय राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध रहेको छ ।
विद्यालयले विज्ञान, व्यवस्थापन तथा शिक्षा संकायमा प्लस टु तहका कार्यक्रम प्रदान गर्दछ । समग्र मध्यपश्चिम क्षेत्रमा मुक्ति माध्यमिक विद्यालय एक ख्यातीप्राप्त शैक्षिक संस्थाको रुपमा प्रसिद्ध छ ।
यस पहाडी दुर्गम जिल्लामा विज्ञान संकायमा शिक्षा प्रदान गर्ने यो एक मात्र विद्यालय हो । सन् १९६१ मा भारतीय राजदूतावास यस विद्यालयको संस्कृत शाखाको निर्माणका लागि आबद्ध भएको थियो ।
भारत सरकारको नेरु २.६३ करोड अनुदान सहयोगमा निर्माण भएको नयाँ संरचनामा नयाँ कक्षा कोठा भवन, छात्रावास, पालेघर, पानीट्यांकी तथा पर्खाल छन् ।
यस संरचनाले विद्यालयलाई उच्च माध्यमिक तह सम्म स्तरोन्नती गर्न मद्दत गर्ने भारतीय दूताबासले जनाएको छ ।
‘प्युठान जिल्लामा भारतीय सहयोगमा निर्माण भएको यो पहिलो शैक्षिक पूर्वाधार परियोजना हो ।, दूताबासद्धारा जारी बिज्ञप्तीमा भिनएको छ ‘यस पूर्वाधारले सिकाई वातावरणलाई प्रभावकारी बनाउनका साथै प्युठान जिल्ला तथा नेपालको मध्यपश्चिम क्षेत्रका गरिब, बिपन्न तथा सिमान्तकृत समुदायका विद्यार्थीहरुको शिक्षामा पहुच वृद्धि गर्न पनि मद्दत गर्नेछ ।’
प्रतिक्रिया