साताको अन्तिम दिन सेयर बजार राताम्मे
समयपोष्ट
२०७५ फागुन २ गते १५:०८
बिहीबार सेयर बजार ८.२१ अंकले घटरे १११२.८७ विन्दुमा झरेको छ । आज सेयर बजारमा १ सय ६४ कम्पनीका ८ लाख कित्ता सेयर २१ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आज सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको संस्थापक सेयर किनबेच भएको छ ।
आज उपसुचकहरु सबै राताम्मे भएका छन् । आज बाणिज्य बैंक समुह उपसुचक ५.६८, होटल २७.०४,विकास बैंक ४.५४,जलविद्युत ८.७८,फाइनान्स २.१३,निर्जिवन बिमा ७०.१७,उत्पादनमुलक समुह १८.७१,अन्य ७.५१,लघुवित्त १५.३४ र जीवन बिमा समुह २९.३५ अंकले घटेका छन् ।
प्रतिक्रिया