बुधबार, ७ साउन २०८२

आशा लघुवित्तको आईपिओ बाँडफाँड

समयपोष्ट २०७५ माघ २५ गते १५:३०

आशा लघुवित्तले जारी गरेको आईपिओ बाँडफाँड भएको छ । शुक्रबार बाँडफाँड भएको सेयर १० कित्ताका दरले गोलाप्रथाबाट ६२ हजार ९९३ आबेदकलाई बाँडफाँड गरिएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कुल आवेदकहरु मध्ये २०.३८ आवेदकले शेयर पाएका छन् भने ७९.६२ प्रतिशत आवेदक हात खालि भएको छ ।

क्यापिटलका अनुसार लघुवित्तको ६ लाख २९ हजार ९३० कित्ता शेयरका लागि कुल ३ लाख ९ हजार ७८२ आवेदक बाट एक करोड १५ लाख ८२ हजार २३० कित्ता शेयर माग भएको थियो ।

जसमध्ये ३२ हजार ९ सय कित्ता शेयरका लागि परेको ६७७ वटा आवेदन भने रद्ध भएका छन् । बाँकी ३ लाख ९ हजार १०५ आवेदकलाई शेयर बाँडफाँड प्रकृयामा सहभागि गराउँदा २ लाख ४६ हजार ११२ आवेदकले शेयर नपाउने भएका हुन् ।

लघुवित्तले माघ १८ गते देखि २२ गते सम्म ६ करोड ३० लाख रुपैयाँ बराबरको ६ लाख ७४ कित्ता शेयर कित्ता आइपिओ निष्काशन गरेको थियो ।

जसमा १० हजार ३७० कित्ता लघुवित्तका कर्मचारीलाई र ३३ हजार ७०० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री