बिहीबार, ८ साउन २०८२

अरुण तेस्रोको विद्युत गृहमा बम विस्फोट

समयपोष्ट २०७५ माघ २५ गते १४:२२

संखुवासभामा रहेको निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रोको विद्युत गृहमा बम विस्फोट भएको छ ।

बिहीबार राती अज्ञात समूहले चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत गृहस्थलमा ३ वटा बम विस्फोटन गराएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी श्याम सारु मगरको नेतृत्वमा टोली घटनास्थल गएको र थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बम विस्फोटनबाट सुरुङ प्रवेश मार्गको पानी निकाल्ने ठाउँमा सुरुङ खन्ने मेसिन र एउटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री