मंगलबार, १८ वैशाख २०८१

पञ्चकन्या हाइड्रोको २७ लाख ५० हजार कित्ता सेयर जारी हुँदै

समयपोष्ट २०७४ जेठ ३ गते ६:५३

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले २७ लाख ५० हजार कित्ता सेयर जारी गर्ने भएको छ । पञ्चकन्या समूहले प्रवद्र्धन गरेको कम्पनीले स्थानीय र सर्वसाधारणलाई कुल २७ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक निष्कासन गर्न लागेको हो । 

Advertisement

पहिलो चरणमा आयोजना प्रभावित इलामका स्थानीय बासिन्दालाई कम्पनीले ११ करोड रुपैयाँको ११ लाख कित्ता सेयर दिने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार आयोजना प्रभावित पछि  कम्पनीले सर्वसाधारणको लागि १६ करोड ५० लाख रुपैयाँको १६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने जनाएको छ । 

एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले नियुक्त गरिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री