श्याओमीको पोकोफोन एफवान स्मार्टफोन पहिलो पटक नेपाली बजारमा ,यस्ता छन् विशेषता
अन्तर्राष्ट्रिय मोबाइल निर्माता श्याओमीले पोकोफोन सबब्राण्डको पोकोफोन एफवान स्मार्टफोन नेपाली बजार भित्राएको छ । बुधबार नेपाली बजारमा सार्वजनिक गरिएको यस फोनको
विशेषता भनेको यसमा प्रयोग भएको अत्याधुनिक क्वालकोम स्नापड्रागन ८४५ प्लाटफर्म, प्रभावशाली लिक्विड कुल टेकनोलोजी कुलिङ्ग सिस्टम र ४००० एमएएचको ब्याट्री हो ।
कात्तिक २५ बाट ३४,९९९ मा यो स्मार्टफोन सजिलै खरीद गर्न सकिने कम्पनीले जनाएको छ । यसमा ६ जिबिको ¥याम र ६४ जिबिको रोम हुनेछ ।
यो स्मार्टफोन पोकोफोन एफवान गेमिङ्गको गर्नको लागि र ठूला किसिमका एप्लिकेशन प्रयोग गर्न रुचाउने प्रयोगकताहरुको लागि राम्रो विकल्प हुँनेछ । यसमा रहेको शक्तिशाली क्वालकोम स्नापड्रागन ८४५ एसओसी र लिक्विडकुल कुलिङ्ग प्रविधिले सिस्टम स्लो हुने र फोन तात्ने समस्याबाट प्रयोगकर्ताहरुलाई मुक्त गर्नेछ साथै लामो समयसम्म उच्च परफर्मेन्स दिनेछ ।
विविध आन्तरिक परिक्षणले यो फोनको सिस्टम अरु साधारण फोनको सिस्टम भन्दा ३०० प्रतिशतले प्रभावकारी भएको देखाएको छ । कारण यसले सिपियूमा आउने तातोपनलाई छिटै चिसो बनाउँछ ।
साथसाथै, पोकोफोन एफवानमा भएको ४००० एमएच ब्य्याट्रीबाट ८ घण्टासम्म लगातार गेमहरु खेल्न सकिन्छ । एआई डुअल क्यामेरा र २० एमपीको फ्रन्ट क्यामेराबाट असीमित रुपमा फोटो खिच्न सकिनेछ । पोकोफोनको क्यामेराले १२ एमपी सोनी आइएमएक्स ३६३ प्राइमेरी सेनसर जसको डुअल पिक्सल अटोफोकसले लो लाइट र ब्याकलिट भएको अवस्थामा राम्रो फोटो निकाल्छ ।
पोकोफोन एफवानको अगाडिपट्टी २० एमपीको सेन्सर छ जसको सुपर पिक्सल प्रविधिले चार पिक्सलको जानकारी जोडेर एउटा १.८ माइक्रोमिटर पिक्सलमा परिवर्तन गर्नसक्नेछ ।
पछाडिपट्टी र अगाडिपट्टीका दुवै क्यामेरामा एआई सुविधाहरु छन् । जस्तैः एआइ पोर्टेट, एर्आइ ब्यूटिफाइ र एआइ सिन डिटेक्सन । पोकोफोन एफवान ग्राफाइट ब्ल्याक र स्टिल ब्लू ब्याक कभरमा उपलब्ध छ । यो फोन दराज डटकमबाट केवल ३४,९९९ मा किन्न पाइनेछ । दराजको ११.११ सेलमा यो फोनको ६ जीबी ं ६४ जीबी मोडल ३३,९९९मा उपलब्ध हुनेछ ।
प्रतिक्रिया