मंगलबार, १८ वैशाख २०८१

डिसहोमका सेवा मोवाइल एप र वेवसाइटमा

समयपोष्ट २०७३ साउन ३२ गते ८:१४

काठमाडौ–डिसहोमले आफ्नो सेवालाई थप सजिलो बनाउनका लागि आफ्नै मोवाइल एप शुरु गरेको छ । यस मोबाइल एप मार्फत ग्राहकहरुले विभिन्न सेवा तथा सुविधा प्रयोग गर्न सक्ने जनाएको छ ।

Advertisement

एपको मुख्य सेवाहरुमा एप मार्फत रिचार्ज गर्न सकिने सुविधा हो । बजारबाट रिचार्ज कार्ड खरिद गरेर यस एप मार्फत रिचार्ज गर्न सकिने र रिचार्ज कार्ड खरिद गर्न सम्भव नभएका अवस्थामा एससीटीको एटिएम कार्डको कार्ड नम्बर र पिन नम्बर राखेर समेत सजिलै रिचार्ज गर्न सकिने जनाइएको छ ।

ग्राहकहरुले लाइन काटिएमा ३ दिनको लागि लाइन खुलाउन क्रेडिट सेवा पनि यस एपमा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । ब्यालेन्सबारे बुझ्न , हप्ता भरिको कार्यक्रम तालिका हेर्न, वितरक सम्पर्क गर्न र बिक्रि पछिका सेवा प्राप्त गर्न समेत मोबाइल एप प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री