‘शाम ए कवाली’ मा राष्ट्रपति
समयपोष्ट
२०७३ साउन ३१ गते ४:००
काठमाडौँ, । राष्ट्रपति विद्यादेवी भण्डारी ‘शाम ए कवाली’ साङ्गीतिक कार्यक्रममा सरिक भएकीछिन् ।
आईतबार राष्ट्रिय सभामा नेपालस्थित भारतीय दूतावास, भारतीय सांस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रममा भारतका चर्चित गायक जफर निजामी र उहाँको समूहले विभिन्न कवाली गीत, सङ्गीत प्रस्तुत गरेको थियो ।
भारतको ७० औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, नेपालका लागि भारतीय राजदूत रणजीत रायलगायतको सहभागिता थियो ।
प्रतिक्रिया