कालिका पावरको १२ लाख कित्ता आइपिओ बिहीबारबाट खुल्ने
कालिका पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले भदौ २८ गतेदेखि एक सय रुपैयाँ अंकित मूल्यमा १२ लाख कित्ता साधारण शेयर जारी गर्ने भएको हो ।
कम्पनीको आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्ताका लागि आवेदन गर्न सकिने छ । जसमा छिटोमा असोज १ गते र ढिलोमा असोज २८ गतेसम्म आवेदन गर्न सकिने छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आईपिओमा आवेदन गर्न दिन सक्ने छन् ।
कुल निष्कासन मध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको कम्पनीले जनाएको छ ।
यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित गोरखाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपिओ निष्कासन गरेको थियो । साधारण सेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया