मंगलबार, १८ वैशाख २०८१

टुरिजम डेभलप्मेन्ट बैंक नाफा १४ करोड ६३ लाख

समयपोष्ट २०७३ माघ १८ गते ४:२८

टुरिजम डेभलप्मेन्ट बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले जारी गरेको विवरण अनुसार यो अवधिमा १४ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

Advertisement

बैंकले अघिल्लो वर्षको सोहि अवधिमा सात करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको सोहि अवधिलाई हेर्ने हो भने बैंकले यो अवधिमा आफ्नो नाफालाई शत प्रतिशत भन्दा पनि बढी बढाएको छ । बैंकले यो अवधिमा २६ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ९१ करोड ९७ लाख रुपैयाँ चुक्त पुँजी भएको बैंकले रिजर्भ कोषमा ४८ करोड ६९ लाख रुपैयाँ राखेको छ । 

 बैंकले चार करोड २२ लाख ३८ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने प्रोभिजनमा चार करोड ९५ लाख २० हजार रुपैयाँ छुट्याएको छ । 

टुरिजमले यो त्रैमासमा १० अर्ब ७४ करोड १३ लाख ८४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने नौ अर्ब २४ करोड १७ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।  प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५१ पैसा भएको बैंकको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ९४ पैसा रहेको छ । बैंकको खराब कर्जालाई १.३० प्रतिशत रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री