आइतबार, २३ वैशाख २०८१

बागलुङमा भेटेरिनरी अस्पताल

समयपोष्ट २०७५ भदौ ११ गते ९:४९

गण्डकी प्रदेश मातहात रहने गरी जिल्लामा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गरिएको छ । यसअघि जिल्ला पशुसेवा कार्यालय रहेको भवनमा केन्द्रको कार्यालय राखिएको हो । केन्द्रको कार्यक्षेत्र बागलुङ र पर्वत तोकिएको छ ।

Advertisement

केन्द्रको गण्डकी प्रदेशका भूमि व्यवस्था, सहकारी तथा कृषिमन्त्री लेखबहादुर थापाले आइतबार उद्घाटन गर्नुभयो ।‘पशुपक्षी सम्बन्धी अस्पताल तथा विज्ञ केन्द्रको रुपमा यो रहन्छ,’ मन्त्री थापाले भन्नुभयो, “अध्ययन, अनुसन्धानसँगै जनशक्ति उत्पादनमा पनि केन्द्रले काम गर्छ ।,” प्रदेश मातहात रहेका कार्यालयले स्थानीय तहसँग समन्वय गरेर काम गर्ने उहाँले बताउनुभयो । केन्द्र र प्रदेश सरकारको नीति, कार्यक्रम कार्यान्वयन गर्न जिल्लामा कार्यालय स्थापना गरिएको हो ।

प्रदेश सरकारले स्वस्थ पशुपक्षी भित्र्याउन सिमानामा ‘क्वारेन्टाइन चेक पोष्ट’ स्थापना गर्न लागिएको बताइएको छ । आगामी पाँच वर्षभित्रमा प्रदेशका सबै वडा तहमा कृषि तथा पशु सङ्कलन केन्द्र स्थापना गरिने योजना छ । यही वर्षदेखि प्रदेशका सबै स्थानीय तहमा कृषि र पशुपालनका नमूना कार्यक्रम सञ्चालन गरिने सो कार्यक्रममा जानकारी दिइयो । गण्डकी प्रदेश पशुपक्षी तथा मत्य विकास निर्देशनालयका निर्देशक डा मनबहादुर पुनले आवश्यक परेको बेला पुशपक्षीलाई भर्ना गरेरै उपचार गर्ने गरी अस्पतालको विकास गरिने बताउनभयो ।

उहाँले अध्ययन, अनुसन्धान र उपचारका लागि केन्द्र प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । कृषि तथा पशुपालनमा लाग्ने किसानलाई प्रोत्साहित गर्ने गरी कार्यक्रम सञ्चालन गरिने केन्द्रका प्रमुख डा नारायणप्रसाद शर्माले बताउनुभयो । सङ्घीयता कार्यान्वयनसँगै खारेज हुने भनिएको जिल्ला पशुसेवा कार्यालय नयाँ नामाकरणसँगै भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा विज्ञ केन्द्रको रुपमा स्थापना भएको हो । बागलुङसँगै गोरखा, म्याग्दी, कास्की, तनहुँ, स्याङ्जा र लमजुङमा उक्त केन्द्र स्थापना गरिएको छ । प्रदेशका विभिन्न मन्त्रालय अन्तर्गत रहने गरी जिल्लामा कार्यालय स्थापना भइरहेका छन् । यसअघि जिल्ला वन कार्यालय बागलुङको ठाउँमा डिभिजन वन कार्यालय स्थापना भइसकेको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित सामाग्री