मंगलबार, १८ वैशाख २०८१

अफवाह निश्कियो सही,विवाह भएको तीन महिनैमा नेहाले देखाइन् ‘बेबी बम्प’

समयपोष्ट २०७५ भदौ ११ गते ६:२८

बलिउड नायक अंगद बेदीले सोसल मिडियामा श्रीमती नेहा धुपिया गर्भवती भएको पुष्टि गरेका छन् । नेहा र अंगदले इन्स्टाग्राममा केही तस्बिर पोष्ट गरेर यसबारे जानकारी दिएका हुन् ।

Advertisement

गत मे १० तारिखमा निकै गोप्य रुपमा यी दुईले विवाह गरेका थिए । त्यतिबेला नेहा गर्भवती भएकाले हतारमा विवाह गरेको भन्ने समाचार सार्वजनिक भएका थिए । यो खबरलाई अंगदले ठाडो अस्विकार गरेका थिए ।

विभिन्न कार्यक्रममा अंगदलाई यसबारे धेरैपटक प्रश्न सोध्दासमेत उनले यसलाई अफवाहको संज्ञा दिएका थिए । तर अहिले भने अंगदले उक्त अफवाह सही निस्किएको भन्दै इन्स्टाग्राममा जानकारी दिएका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री