मंगलबार, १८ वैशाख २०८१

एकजोडीले अंगालोमा बाँधिएरै गरे आत्महत्या

समयपोष्ट २०७३ माघ ८ गते ३:५९

 झापाको कनकाई नगरपालिका ६ निवासी एक युवक र एक युवतीले सँगै आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा अस्मिता तोलामी (सार्की) र ईश्वर भट्टराई रहेका छन् ।

Advertisement

कनकाई नगरपालिका ७ स्थित बिरिङ खोला नजिकै २३ बर्षीया तोलामी र उनकै छिमेकी २५ बर्षीय भट्टराइले सिसौको रुखमा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । 

बिहान ५ बजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग गरी आत्महत्या गरेका छन् ।

आत्महत्या गरेका उनीहरु अँगालोमा बाँधिएर झुन्डिएको अवस्थामा भेटिएको बिर्तामोड प्रहरीले जनाएको छ ।

युवतीको भने माघ २४ गते विवाह हुने निश्चित भएको थियो । भट्टराई भने ट्रयाक्टर चालकको काम गर्दै आएका थिए ।

आजको अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री