शुक्रबार, १४ कार्तिक २०८२

पेट्राेलकाे मूल्य बढ्याे

समयपोष्ट २०८२ कार्तिक १४ गते २०:२१


नेपाल आयल निगमले पेट्रोलको मूल्य बढेको र डिजेलको मूल्य घटेको जानकारी दिएको छ।

Advertisement

निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोलको मूल्य बढेको र डिजेलको मूल्य घटेको जानकारी दिएको हो।

भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार प्रति लिटर पेट्रोलमा रु. ०.०३ र हवाई इन्धनमा प्रति लिटर रु.०.८६ ले बढेर तथा प्रति लिटर डिजेलमा रु.१.१९ ले घटेर आएको निगमले जनाएको छ ।

तर निगमकाे‍ शुक्रबारकाे सञ्चालक समितिकाे निर्णयअनुसार पेट्राेलकाे मूल्यमा कुनै परिवर्तन नगरी स्थिर राखिएकाे छ ।

निगम सञ्चालक समितिको शुक्रबारको निर्णयानुसार शनिबारदेखि लागू हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल/मट्टितेलमा प्रति लिटर रु. १ ले घटाईएको तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु.१ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले बढाईएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री