चन्द्रागिरि जाने पर्यटकलाई नि:शुल्क बस
चन्द्रागिरि केबलकार चढ्न जाने पर्यटकहरुको लागि आइतबारबाट चन्द्रागिरि हिल्स लिमिटडेले निशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ । ४२ सिट क्षमता भएका २ बस केबलकार चढेर चन्द्रागिरीको डाँडामा पुग्ने पर्यटकहरुलाई लक्षित गरि सञ्चालनमा ल्याइएको हो ।
बस प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्जस्थित भाटभटेनीबाट छुटी नयाँँ बसपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकारसम्म पुग्ने छ । त्यस्तै कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट छुटेको बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरि केबलकारसम्म पुग्ने छ । यि दुर्ई बसहरु पुनः सोही रुट हुँदै स्टेशनमा फर्किने छन् ।
चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले थानकोटस्थित कम्पनी परिसरमा निशुल्क बस सेवाको शुभारम्भ गर्दै सञ्चालनमा आएको बस सेवाले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरि घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने विश्वास व्यक्त गरे । हिल्सका सञ्चालक अम्बिकाप्रसाद पौडेलले निशुल्क बससेवाले सिधै केबलकारसम्म पुग्नेहरुको समयको बचत हुने उल्लेख गरे ।
प्रतिक्रिया