मंगलबार, ११ कार्तिक २०८२

ओली, लेखकसहितलाई कार्की आयोगले यात्रामा लगाएको रोकविरुद्ध सर्वोच्चमा रिट

समयपोष्ट २०८२ कार्तिक ११ गते १२:४५


जेन-जी आन्दोलन छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहितलाई यात्रा रोक्नेदेखि पासपोर्ट रोक्कासम्म गर्ने निर्णय गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्च अदालतमा दोस्रो रिट निवेदन दर्ता भएको छ।

Advertisement

अधिवक्ता प्रेम सिलवालले मंगलबार यो रिट पेस गरेका हुन्। रिटमा आयोगले कुनै कानुनी आधारबिना पूर्वप्रधानमन्त्रीसहितका व्यक्तिलाई एक स्थानबाट अर्को स्थानमा आवतजावतमा समेत रोक लगाउने कार्य असंवैधानिक र अधिकार क्षेत्रबाहिरको भएको दाबी गरिएको छ।

यसअघि पनि यही विषयमा एक थान रिट दर्ता भइसकेको छ। सर्वोच्चको मुद्दा महाशाखाले नयाँ रिट दर्ता हुने वा नहुने विषयमा अध्ययनपछि मात्र निर्णय लिने जनाएको छ।

आयोगले २३ भदौमा भएको आन्दोलन दमनमा भूमिका खेलेको आरोप लगाउँदै ओली, लेखकसहितका व्यक्तिलाई छानबिनका लागि यात्रा गर्नुअघि अनुमति लिनुपर्ने आदेश जारी गरेको थियो। लेखकको पासपोर्ट रोक्का गरिएको छ भने तत्कालीन गृहसचिव गोकर्णमणी दवाडीको हकमा भने यसअघि नै रोक्का खुला गरिसकिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री