बालेनले भने-चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ! लाज लाग्दैन?”
समयपोष्ट
२०८२ कार्तिक ५ गते १९:१८
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले नेताहरूमाथि तीखो कटाक्ष गरेका छन्। बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले गत भदौ २३ र २४ गतेको घटनालाई लिएर नेताहरूको आलोचना गरेका हुन्।
मेयर साहले तुइन र काठको पुल बनाउने नेताहरूले नै मुलुकलाई विदेशीले बिगारेको भन्दै दोषारोपण गर्ने गरेको उल्लेख गरे। उनले नेताहरूलाई लक्षित गर्दै भने, “भिसा पाउन तिमीहरूको घर धाउनुपर्छ, अनि अरूलाई एजेन्ट भन्छौँ!”
उनले जेनजीहरूको आन्दोलनमा पुरै देश नेकपा एमाले र नेपाली कांग्रेसले एकअर्कालाई दोष लगाएर जलाएको बताए। “दोष आफ्नो बालबच्चालाई दिन्छौँ! चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ! लाज लाग्दैन?”
प्रतिक्रिया