भारत सरकारद्धारा नेपाललाई ८१ वटा स्कूल बस उपहार प्रदान
समयपोष्ट
२०८२ कार्तिक ५ गते ११:४९
भारत सरकारले नेपालसँगको दिगो विकास साझेदारी र आपसी मित्रतालाई सम्मान गर्दै नेपालका विभिन्न शैक्षिक संस्थाहरूलाई ८१ वटा स्कूल बसहरू उपहार प्रदान गरेको छ।
यो सहयोग कोशी प्रदेशका बाढीग्रस्त इलाम, झापा र उदयपुर जिल्लाहरूसहित सातै प्रदेशका हुम्ला, मुस्ताङ, संखुवासभा, दार्चुला, बैतडी र अछाम जस्ता दुर्गम क्षेत्रका ४८ जिल्लाहरूलाई समेटेर प्रदान गरिएको छ।
पछिल्ला तीन दशकमा भारतले नेपालका शैक्षिक संस्थाहरूलाई कुल ३८१ स्कूल बसहरू उपलब्ध गराएको छ। यी बसहरूले विद्यार्थीहरूको यातायात सुविधालाई सहज बनाउँदै शिक्षाको पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
काठमाडौंस्थित भारतीय राजदूतावासले यो सहयोगले नेपाल-भारत सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया