सोमबार, २७ असोज २०८२

जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब निकासा गर्ने निर्णय

समयपोष्ट २०८२ असोज २३ गते २०:११


सरकारले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध रूपमा निष्कासन गर्ने स्वीकृति प्रदान गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

यसैगरी, बैठकले हवाई सुरक्षासम्बन्धी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा गठित न्यायिक समितिले हवाई क्षेत्रको अध्ययन गरी बुझाएको प्रतिवेदनलाई सरकारले हालसम्म गोप्य राखेको थियो। उक्त समिति हालका उद्योगमन्त्री अनिल सिन्हाको नेतृत्वमा गठन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री