सोमबार, ३ कार्तिक २०८२

एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई बाँडफाँड

समयपोष्ट २०८२ भदौ १७ गते १५:५२

Advertisement

एन आई सी एशिया क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक र योजना व्यवस्थापक रही आएको एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाइ बाँडफाँड गरिएको छ । पहिलो चरणमा बीज पुँजी सहित रु.१० अंकित दरका ५ करोड इकाई साउन २९ गतेदेखि भदौ १२ गतेसम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको इकाइ बाँडफाँड भएको हो ।

उक्त समयमा बीज पुँजी सहित जम्मा ८२ हजार ८२८ जना आवेदकहरुबाट जम्मा ७४ करोड ३ लाख १६ हजार बराबरको इकाई खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । जुन पहिलो चरणमा माग गरिएको इकाई भन्दा १.४८ गुणा भन्दा बढी रहेको छ । उक्त योजनाको इकाई निष्काशनको समयमा जम्मा ८२,८२८ आवेदकहरुबाट जम्मा रु.७,४०,३१,६०० इकाई खरिदको लागि आवेदन प्राप्त भएकोमा ९१ जना आवेदकहरुबाट प्राप्त १४,६०० इकाई रितपुर्वक नदेखिएकोले बाँडफाँडमा समावेस नगरि जम्मा ८२,७३७ आवेदकहरुले रितपुर्वक माग गरेको जम्मा ७,४०,१७,००० (बीज पुँजी सहित) इकाई माग गरे बमोजिम नै भदौ १६ गते सोमबार दिनको ४ः३० बजे निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय थापाथली, काठमाण्डौमा बाँडफाँड गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई पहिलो चरणमा ५ करोड इकाई खरिदको लागि दरखास्त आह्वान गरिएको भएतापनि नेपाल धितोपत्र बोर्डबाट उक्त योजनाको बीज पूँजी सहित रु.१ अर्व बराबरको १० करोड इकाई बिक्री गर्न स्वीकृत प्राप्त भएको र बोर्डबाट स्वीकृत उक्त योजनाको विवरणपत्रमा समेत अधिकतम बिक्री गर्न सकिने योजनाको इकाई बीज पूँजी सहित रु.१ अर्ब भएको हुँदा रितर्पुवक आवेदन दिनुहुने सम्पूर्ण आवेदकहरुलाई प्रचलित “धितोपत्र बाँडफाँड निर्देशिका, २०७४” को अधिनमा रही लगानीकर्ताहरुलाई माग गरे बमोजिमको इकाई बाँडफाँड गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री