बीवाईडीको नयाँ ह्याचब्याक कार एटो-वान सार्वजनिक
बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा नयाँ ह्याचब्याक कार एटो-वान सार्वजनिक गरेको छ। नेपाल मोबिलिटी एक्स्पोमार्फत बिक्री सुरु भएको यो कार दुई भेरियन्टमा उपलब्ध छ।
विभिन्न देशमा सिगल (चीन) र सर्फ (युरोप) जस्ता नामले बिक्री हुँदै आएको यो ह्याचब्याक नेपालमा एटो-वान नामले बजारमा आएको हो। कम्पनीले यो कारलाई स्ट्यान्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियम गरी दुई भेरियन्टमा प्रस्तुत गरेको छ। डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ।
कम्पनीले स्ट्यान्डर्ड रेन्ज भनेको डाइनामिक भेरियन्टमा ३०.०८ किलोवाट अवार र लङ रेन्ज प्रिमियम भेरियन्टमा ३८.८८ किलोवाट अवारको ब्याट्री प्याक दिएको छ । यी दुई भेरियन्टको रेन्ज क्रमशः २३० र ३०० किलोमिटरको हुने एनइडीसीले प्रमाणित गरेको छ ।
एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने ह्याचब्याक कारको रुपमा यसको बिक्री सुरु भएको हो ।
इन्ट्री लेबल ह्याचब्याक साइजको यो कार नेपाली बजारमा धेरै समयदेखि प्रतीक्षा गरिएको मोडल हो । एट्टो वानको लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम, उचाइ १५८० एमएम र ह्वीलबेस २५०० एमएम रहेको छ ।
प्रतिक्रिया