सामान्य बढ्यो सुन र चाँदीको मूल्य
समयपोष्ट
२०८२ साउन १९ गते १०:५७
आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य सामान्य बढेको छ।
आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढेको हो भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यस्तो सुन प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी भने तोलाका २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी तोलाको २ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया