उच्च अंकले घट्यो नेप्से परिसूचक
नेप्से परिसूचक ६३.७३ अंक घटेर २८५८.९० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १०.३७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५२ अंक घटेको छ।
आज ३१९ स्टकको १ लाख ५२ हजार ५१८ पटकको कारोबारमा १३ अर्ब ७ करोड ५० लाख ४ हजार रुपैयाँबराबरको ३ करोड २२ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहकाे परिसूचक ३ प्रतिशतभन्दा बढी घटेकाे छ भने बैंकिङ्ग, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज ट्रेड टावर र शिव श्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य साढे ४ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। सान्भि इनर्जीकाे शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७५ करोड ३९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। हिमालयन रि इन्स्योरेन्सको साढे ७१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ भने हिमालयन डिष्टिलरीको करिब ५९ करोडको शेयर कारोबार भएको छ।
प्रतिक्रिया