आइतबार, ११ साउन २०८२

एनपीएल दोस्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते, ४५८ जनाले गराए नाम दर्ता

समयपोष्ट २०८२ साउन १० गते १८:२४

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने भएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार दोस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया जुलाई १२ देखि २२, २०२ देखि २२ सम्म खुला गरिएको थियो। उक्त अवधिमा कुल 458 जना नेपाली क्रिकेट खेलाडीले नाम दर्ता गराएका छन्।

दर्ता भएका खेलाडीहरुको विवरण एनपीएलमा सहभागी ८ फ्रेन्चाइज टोलीहरुलाई उपलब्ध गराइएको छ। नेपाल क्रिकेट संघको प्राविधिक समितिले तयार पारेको मापदण्ड र फ्रेन्चाइज टोलीहरुले इच्छाएका खेलाडीहरुको सूचीका आधारमा अक्सनमा सहभागी हुने खेलाडीहरुको अन्तिम नामावली चाँडै प्रकाशन गरिने प्रवक्ता लामाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री