आइतबार, ११ साउन २०८२

गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन

समयपोष्ट २०८२ साउन १० गते १०:४३

नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ।

उनको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो। नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए।

भरतपुर महानगरपालिका–२६ निवासी गुरुङले नवलपरासीको भूमि आयोगको अध्यक्षको रूपमा समेत काम गरेका थिए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङका अनुसार, नेपाली कांग्रेस विभाजन हुँदा उनी प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति थिए।

विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी आएका थिए। ७६ वर्षीय गुरुङ लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए।

विसं २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्यको रूपमा काम गरेका गुरुङले कांग्रेसको विभिन्न पदमा रही योगदान पुर्‍याएका थिए। उनका छोरा विदेशमा रहेकाले उनको अन्त्येष्टि आइतबार गरिने छ।

गुरुङका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने उनकी श्रीमती र कान्छा छोरा छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री