आइतबार, ११ साउन २०८२

अमेरिका उडे कुलमान

समयपोष्ट २०८२ साउन ९ गते १०:१५

उज्यालो नेपाल अभियान लिएर कुलमान घिसिङ अमेरिका उडेका छन् ।

केही समयअघि मात्रै मध्यपूर्वको भ्रमण सकेर नेपाल फर्किएका उनी सोही अभियान लिएर पश्चिमी देशको भ्रमणमा गएका हुन् ।

बिहीबार अमेरिकातर्फ प्रस्थान गरेका उनले १५ दिन अमेरिका र त्यसपछि बेलायत, बेल्जियम तथा अन्य युरोपेली देशमा भ्रमण गर्ने कार्यतालिका छ । उनी भदौ १० गते नेपाल फर्किनेछन् ।

कुलमानको यो अभियानलाई उनको राजनीतिमा आउने तयारीको रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री