एनसेलद्वारा विद्यार्थीहरूलाई लक्षित ‘सधैं अन रिन्युअल’ स्टार्टर प्लान सार्वजनिक
एनसेलले विद्यार्थीहरूलाई लक्षित गर्दै ‘सधैं अन रिन्युअल’ स्टार्टर प्लानहरू सञ्चालनमा ल्याएको छ। २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूसहित सबै विद्यार्थीहरूका लागि डिजाइन गरिएको यो अफरले किफायती मूल्यमा मनोरञ्जन र दूरसञ्चार सेवाहरूमा सहज पहुँच सुनिश्चित गर्छ।
करसहित ३९९ रुपैयाँदेखि सुरु हुने यी मासिक प्लानहरूमा अनलिमिटेड फेसबुक, टिकटक, युट्युब, लाइन्सगेट प्लेमा निःशुल्क प्रिमियम सामग्री, अनलिमिटेड नाइट डेटा र अन्य सेवाहरू समावेश छन्। उदाहरणका लागि, ३९९ रुपैयाँको प्लानमा ३० दिनका लागि ३९९ मिनेट अल नेपाल टक टाइम, ८ जीबी डेटा र ३९ वटा अल नेपाल एसएमएस प्राप्त हुन्छ। त्यसैगरी, ५९९ रुपैयाँको प्लानमा ५९९ मिनेट अल नेपाल टक टाइम, २० जीबी डेटा र ५९ वटा अल नेपाल एसएमएस उपलब्ध छ।
यो योजनाको सिम वा ई–सिम लिन विद्यार्थीहरूले पासपोर्ट साइजको फोटो, विद्यार्थी परिचयपत्र र आफ्नो वा अभिभावकको नागरिकताको प्रतिलिपिसहित नजिकको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकहाँ सम्पर्क गर्न सक्छन्।
एनसेलले यो अफरमार्फत विद्यार्थीहरूलाई सुलभ मूल्यमा सेवा र मनोरञ्जन प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरेको छ। ‘सधैं अन रिन्युअल’ स्टार्टर प्लानले विद्यार्थीहरूलाई आफ्नो डिजिटल यात्रा सुरु गर्न, सधैं सम्पर्कमा रहन र साथीभाइ तथा परिवारसँग जोडिन महत्त्वपूर्ण भूमिका खेल्ने एनसेलको विश्वास छ।
प्रतिक्रिया