आइतबार, १५ असार २०८२

नयाँ पुस्ताको उत्साहलाई होच्याएको देख्दा दुःख लागेको छ : प्रधानमन्त्री ओली

समयपोष्ट २०८२ असार १४ गते १५:५८

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा आएको सुधार विद्यार्थी र शिक्षकको मेहनतका कारणले सम्भव भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष अहिलेको तुलनामा अझ राम्रो नतिजा ल्याउनका लागि प्रयास गरिने समेत उल्लेख गर्नुभयो ।

एसइईको नतिजामा सुधार ल्याउन मेहनत गर्ने विद्यार्थी र शिक्षकलाई शुभकामना व्यक्त गर्दे उहाँले भन्नुभयो, “धेरै वर्षपछि एसइईको नतिजामा सुधार देखिनु खुसीको अवसर हो, ४८ प्रतिशतभन्दा कमको अवस्थाबाट ६१ दशमलव ८१ प्रतिशत सफल हुनु राम्रो हो ।”

प्रधानमन्त्री ओलीले यो नतिजामा पनि केहीले भने नकारात्मक टिप्पणी गरेको उल्लेख गर्दै यो नतिजा र मेहनतलाई अपमान नगर्न आग्रह गर्नुभयो । “केहीले अङ्क थपेर पास गराइयो भनेर हचुवाको भरमा बिना आधार बोलिरहेका छन्, मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान गर्ने र नयाँ पुस्ताको उत्साहलाई होच्याएको देख्दा दुःख लागेको छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्मा सरकारले प्राथमिकता राखेको समेत उल्लेख गर्दै उद्धार र राहतका लागि सरकारले तयारी गररहेको बताउनुभयो । “नेपाल प्राकृतिक प्रकोपले जोखिमयुक्त देश हो । मनसुनको समयमा कहाँ कति बेला क्षति पु¥याउन सक्छ आकलन गर्न सकिँदैन । यद्यपि हामीले राहत र उद्धारको पूर्व तयारी गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री