आइतबार, १५ असार २०८२

मिक्वाखोलाका वडाध्यक्ष साँवाको निधन

समयपोष्ट २०८२ असार १४ गते २२:१९


ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का वडाध्यक्ष सदनकुमार साँवा लिम्बूको निधन भएको छ । मुटुसम्बन्धी समस्या देखिएपछि उपचारका लागि सदरमुकाम फुङ्लिङतर्फ ल्याउँदै गर्दा आज साँझ उहाँको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

वडाध्यक्ष साँवा लामो समयदेखि मुटुको रोगबाट पीडित हुनुहुन्थ्यो । शुक्रबारसम्म वडा कार्यालयको काममा सक्रिय उहाँको स्वास्थ्य शनिबार बिहानदेखि बिग्रन थालेपछि परिवारका सदस्यले उहाँलाई उपचारका लागि जिल्ला अस्पताल फुङ्लिङ ल्याउने क्रममा बाटोमा नै उहाँको निधन भएको हो । उहाँ नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री