बढ्यो सुन र चाँदीको मूल्य
समयपोष्ट
२०८२ असार १२ गते ११:०७
आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बढेको छ ।
सुन प्रतितोला ३०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १७५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया