न्याय परिषद् बैठक : उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस
न्याय परिषद्ले चारजना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बिहान बसेको न्याय परिषद् बैठकले राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेन्द्र तिवारीलाई उच्च अदालतका विभिन्न मुख्य न्यायाधीशका रूपमा सिफारिस गरेको हो। न्याय परिषद्को यो निर्णयसँगै चारवटा उच्च अदालतमा नेतृत्व परिवर्तन हुँदैछ। सिफारिस गरिएको नामहरू राष्ट्रपतिको अनुमोदनपछि कार्यान्वयनमा आउने छन्।
सिफारिस प्राप्त न्यायाधीशहरू र पदस्थापन विवरण:
राजनप्रसाद भट्टराई – हाल उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।
लालबहादुर कुँवर – हाल उच्च अदालत पाटनमा कार्यरत कुँवरलाई पाटनकै मुख्य न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरिएको हो।
हरिप्रसाद भण्डारी – विराटनगर उच्च अदालतअन्तर्गत ओखलढुंगाको अस्थायी इजलासमा कार्यरत र हाल तुलसीपुर इजलासमा काजमा रहेका भण्डारीलाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।
राजेन्द्र तिवारी – हाल उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा कार्यरत तिवारीलाई उच्च अदालत तुलसीपुरकै मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको हो।
प्रतिक्रिया