मंगलबार, २० जेठ २०८२

तीन निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक खरिदमा भाग लिन प्रतिबन्ध

समयपोष्ट २०८२ जेठ २० गते ११:२५

Advertisement

सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गरेको ठहर गर्दै सरकारले दुई विदेशी र एक नेपाली निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको सोमबार बसेको बैठकले जापान, भारत र नेपालको एक/एक निर्माण कम्पनीलाई तोकिएको अवधिसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो।

कालोसूचीमा परेका कम्पनीहरूमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच (एसएमएनएस जेभी) र नेपालको शंकरमाली निर्माण सेवा छन्। मरुशिन र पीएचएसएमएनएसलाई २ वर्षका लागि र शंकरमाली निर्माण सेवालाई १ वर्षका लागि कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन तथा कार्यविधिअनुसार ठेक्का सम्झौता उल्लङ्घन, निर्माण मापदण्डअनुसार काम नगर्नु, तोकिएको समयसीमा नपुगेको, तथा सम्झौताको शर्त नमान्ने जस्ता आधारमा कम्पनीहरूलाई कारबाही गरिएको हो।

कालोसूचीमा परेपछि ती कम्पनीहरूले नेपाल सरकारका कुनै पनि मन्त्रालय, विभाग, आयोजना, सार्वजनिक संस्थान, स्थानीय तह वा अन्य सार्वजनिक निकायको खरिद प्रक्रिया वा ठेक्कामा भाग लिन पाउँनेछैनन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री