शुक्रबार, २० असार २०८२

एन्जल स्पोटर्स एकेडेमीद्धारा राइजिड स्टार अवार्ड वितरण कार्यक्रम सम्पन्न

समयपोष्ट २०८२ जेठ १७ गते १७:२०

Advertisement

तारकेश्वर नगरपालिका–१६, मनमैजूमा अवस्थित एन्जल स्पोटर्स एकेडेमीको आयोजनामा ‘राइजिड स्टार अवार्ड’ वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार एकेडेमीको प्रांगणमा आयोजित कार्यक्रममा क्रिकेटका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार तथा अवार्ड प्रदान गरिएको हो।

कार्यक्रममा एन्जल हार्ट फाउण्डेशनका अध्यक्ष लिलबहादुर पुन, विशिष्ट अतिथिको रूपमा उपस्थित भइ उत्कृष्ट खेलाडीहरूलाई अवार्ड प्रदान गरे। जोय थापालाई वर्षको उत्कृष्ट खेलाडीको रुपमा तथा राष्ट्रिय खेलाडी युवराज खत्रीलाई वर्षको उत्कृष्ट युवा खेलाडीको रूपमा सम्मान गरिएको छ।

साथै, एकेडेमीले यी दुबै खेलाडीलाई संरक्षकत्व ग्रहण गर्दै एमओयु (MoU) समेत सम्पन्न गरेको छ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष लिलबहादुर पुनले “खेलकुद केवल स्वास्थ्यका लागि मात्र नभई राष्ट्रको सम्मान र प्रतिष्ठासँग जोडिएको विषय हो” भन्दै खेलको महत्वमा जोड दिए। नेपालमा पहिलो स्पोर्ट्स एकेडेमी सञ्चालन गरी बालबालिका र युवाहरूलाई खेलप्रति जागरूक बनाएको भन्दै एन्जल स्पोर्ट्स एकेडेमीको पहलप्रति प्रशंसा व्यक्त गरे।

Advertisement

कार्यक्रम एन्जल स्पोटर्स एकेडेमीका अध्यक्ष खेमबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा खेलकुद क्षेत्रका विज्ञ, अभिभावक, प्रशिक्षक र खेलाडीहरूको उल्लेख्य उपस्थिति थियो।

२०७४ सालदेखि सरकारबाट स्वीकृति लिएर प्राइभेट कम्पनीको रूपमा सञ्चालनमा आएको एन्जल स्पोटर्स एकेडेमी नेपालकै पहिलो स्पोर्ट्स एकेडेमी मानिन्छ। एकेडेमीले हालसम्म राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिसकेको छ भने हाल ३०० भन्दा बढी विद्यार्थीहरू क्रिकेट, भलिबल, फुटबल, टेबल टेनिस र बास्केटबल जस्ता खेलहरूमा प्रशिक्षण लिइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री