मन्त्रीको घरमा चोरी
समयपोष्ट
२०८२ जेठ ८ गते १३:१८
नागरिक उन्मुक्ति पार्टीका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा रहेको चौधरीको निवासमा करिब २० लाख रुपैयाँ बराबरको सुनचाँदी र नगद चोरी भएको जानकारी प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चोरी कहिले भएको भन्ने यकिन भइसकेको छैन। तर, हिजो मात्र मन्त्री चौधरी घर पुगेपछि चोरी भएको थाहा भएको हो।
प्रहरीका अनुसार चोरले घरको ढोका फोडेर भित्र प्रवेश गरी सुनचाँदीका गहना तथा नगद रकम लुटपाट गरेका छन्।
प्रतिक्रिया