बिहीबार, ८ जेठ २०८२

तीन निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

समयपोष्ट २०८२ जेठ ८ गते ११:४४

Advertisement

सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विभिन्न निकायहरुको सिफारिसका आधारमा ती कम्पनी तथा तिनका मुख्य व्यक्तिहरूलाई निश्चित अवधिको लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो।

कालोसूचीमा परेकामध्ये काठमाडौं महानगरपालिका–१४ ठेगाना भएका एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी र यस कम्पनीका प्रमुख अनिल ढुंगाना तथा खेमराज आचार्यलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ।

त्यस्तै, सल्यानको लेखपोखरा–६ मा रहेको तुलसी निर्माण सेवा र यसका प्रमुख पूर्णबहादुर भण्डारीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो।

यसैगरी, बाँकेको डडुवा गाउँपालिका–५ मा रहेको यज्ञश्वरी निर्माण सेवा र यसका प्रमुख बिना बिसीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।

Advertisement

सार्वजनिक खरिद ऐनअनुसार निर्माण तथा आपूर्तिको ठेक्का लिएर निर्धारित समयसीमामा काम नगर्ने वा सम्झौता उल्लंघन गर्ने कम्पनीहरूलाई सम्बन्धित निकायले सिफारिस गरेपछि अनुगमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी कालोसूचीमा राख्ने व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री