बाबुराम खिइँदै खिइँदै गए, देशभर बुद्धि नभएको डाक्टर भनेर चिनिन्छन् : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसहकर्मी तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईसँग अब एकता सम्भव नरहेको स्पष्ट पारेका छन्।
रुकुमपूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले गोरखाको निर्वाचनमा चुनावी तालमेल गर्दा नै पार्टी एकता गर्ने सहमति भएको स्मरण गरे। तर, डा. भट्टराईले ‘कम्युनिष्ट’ शब्द नै अस्वीकार गरेपछि सम्भावित एकताको ढोका बन्द भएको बताए।
उनले भने, “बाबुरामसँग हामीले एकता गर्ने भनेकै हो नि! गोरखामा चुनाव लड्दा हामीबीच सहमति थियो। तर, पछि उहाँले कम्युनिष्टको नामै नसुन्ने भन्नुभयो। त्यसपछि त के गर्ने? बाबुरामका लागि त म पार्टीको अस्तित्व मेट्न सक्दिन नि।”
प्रचण्डले कम्युनिष्ट विचार र मार्क्सवादी धारलाई अस्वीकार गर्ने प्रवृत्तिसँग पार्टी एकता असम्भव रहेको प्रस्ट पारे। उनले डा. भट्टराईलाई व्यङ्ग्य गर्दै भने, “उहाँ त खिइँदै खिइँदै अब त पूरै प्रतिक्रियावादीसँग मिल्नुभयो। अहिले त उहाँलाई तिनीहरूले समेत पत्याउँदैनन्। हाँसोको पात्र भएका छन् बाबुराम, देशभरि सबैले बुद्धि नभएको डाक्टर भनेर चिन्छन्।”
प्रतिक्रिया